वर्षमा एकदिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा भीड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ कार्तिक २०७१, शनिबार १७:५७
10678719_856099877747789_8989934375897524729_nकाठमाडौँ,८ कार्तिक । वर्षमा एकदिन मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको यमलेश्वर बालगोपाल महादेव मन्दिरमा टीका लगाउन आज बिहानैदेखि दिदीबहिनी नहुने दाजुभाइको भीड लाग्ने गर्छ ।

दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिर वरपर बसेका दिदीबहिनीबाट भाइटीका लगाउने गर्छन् । त्यसैगरी, आफ्ना दाजुभाइ नहुने दिदीबहिनीहरु पनि खाली नबसी बालगोपल मन्दिर पुगेर टीका लगाउने गर्छन् ।

दिदीबहिनी नहुने कतिपय दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने गर्छन् । मन्दिर परिसरमा सप्तरंगी टीका र रातो अक्षता लिएर बसेका दिदीबहिनीको हातबाट थुप्रै सर्वसाधारणले टीका थाप्ने गरेका छन् ।

आफन्त नहुनेहरु यमलेश्वर बालगोपाल मन्दिरमा पुगेर टीका लगाएर आर्शिवाद लिए आफ्ना दिदीबहिनीले दिएको आर्शिवाद सरह हुने बिश्वास गर्छन् ।

बालगोपाल मन्दिर वर्षमा एकपटक मात्र खुल्ने भएकाले यहाँ टीका लगाउने मात्र नभइ घुमफिरका लागि आउनेको पनि चाप देखिन्छ ।

Photo: वर्षमा एकदिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा भीड

वर्षमा एकदिन मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको यमलेश्वर बालगोपाल महादेव मन्दिरमा टीका लगाउन आज बिहानैदेखि दिदीबहिनी नहुने दाजुभाइको भीड लाग्ने गर्छ ।

दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिर वरपर बसेका दिदीबहिनीबाट भाइटीका लगाउने गर्छन् । त्यसैगरी, आफ्ना दाजुभाइ नहुने दिदीबहिनीहरु पनि खाली नबसी  बालगोपल मन्दिर पुगेर टीका लगाउने गर्छन् ।

दिदीबहिनी नहुने कतिपय दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने गर्छन् । मन्दिर परिसरमा सप्तरंगी टीका र रातो अक्षता लिएर बसेका दिदीबहिनीको हातबाट थुप्रै सर्वसाधारणले टीका थाप्ने गरेका छन् ।

आफन्त नहुनेहरु यमलेश्वर बालगोपाल मन्दिरमा पुगेर टीका लगाएर आर्शिवाद लिए आफ्ना दिदीबहिनीले दिएको आर्शिवाद सरह हुने बिश्वास गर्छन् ।

बालगोपाल मन्दिर वर्षमा एकपटक मात्र खुल्ने भएकाले यहाँ टीका लगाउने मात्र नभइ घुमफिरका लागि आउनेको पनि चाप देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१