प्रहरी हिरासतमा बन्दीको मृत्यु, ५ राउन्ड हवाइ फायर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ कार्तिक २०७१, शनिबार १७:५३

jelमोरङ ,८ कार्तिक । मोरङको सिजुवा गाविस स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक जनाको मृत्यु भएपछि स्थिति तनाबग्रस्त भएको छ। अहिले स्थानीयले इलाका प्रहरी कार्यालय सिजुवा घेराउ गरेर नारावाजी गरिरहेका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड अश्रुग्याँस र ५ राउन्ड हवाई फायर गरेको छ।
मदिरा सेवन गरेको अवस्थामा शुक्रबार साँझ प्रहरीले महेश राजवंसीलाई पक्राउ गरेको थियो। उनको गए राति प्रहरी हिरासतमा मृत्यु भएको थियो।
राजवंसी लाई प्रहरीले कुटेर मारेको स्थानीय र आफन्तले आरोप लगाएका छन्। प्रहरीले राजवंसीको शव हिजो वेलुकानै कोसी अन्चल अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएको थियो।
स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको कमान्डमा थप प्रहरी त्यहाँ पुगेको छ। यता उर्लावारीबाट पनि थप प्रहरी सिजुवा पुगेका छन्। स्थानीयले इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी इनिस्पेक्टर बावुराम पोखरेललाई कारवाहिको माग गर्दै र घटनाको छानविन गर्न माग गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१