अमलेखगन्जमा बस र ट्रक जुँध्दा चारको मृत्यु ,१७ घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ कार्तिक २०७१, बुधबार १३:२२

bus_accident_nepalबारा ,५ कार्तिक।  बारामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । अमलेखगन्जमा ट्रक, ट्यांकर र एउटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट चार जनाको शव निकालिएको, घाइते १७ जनालाई हेटौंडा अस्पताल पठाइएको र उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

वीरगञ्जबाट हेटौंडातर्फ आइरहेको ना४ख १५४४ नम्बरको बस, ना३ख ६२८५ नम्बरको ट्रक र ना२ख८७११ नम्बरको ट्यांकर ठोक्किएका हुन् । अोभरटेक गर्नेक्रममा बस, ट्रक र ट्यांकर एकअापसमा ठोक्किएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१