नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा कार्यालय खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७९, सोमबार ०६:०६

पोखरा । पोखरामा नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो ।

नवौं खेलकुद प्रतियोगिता हुनका लागि ५२ दिन मात्रै बाँकी छ । कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मन्त्री गहतराजले खेलकुदका लागि आवश्यक बजेटमा चिन्ता लिन नपर्ने बताए । उनले प्रतियोगिता सफल पार्नका लागि प्रदेश सरकार र पोखरा महानगरले विशेष सहयोग गर्नुपर्ने बताएका छन् । असोज २८ देखि कात्तिक ३ गतेसम्म ३६ वटा प्रतिश्पर्धात्मक र २ वटा प्रदर्शनीको खेल हुनेछ । त्यसका लागि गण्डकीमा खेलाडी छनोट र प्रशिक्षण सुरु भैसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१