चाल्टर्न नेपाली समाज युकेको नेतित्व्मा सुरज के सी नै बलियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७१, बिहीबार ११:५९

लण्डन । साउथ इष्ट लण्डनस्थित माउन्ट भ्यू रेष्टुरेन्टमा आइतबार भएको बार्षिक साधारण सभामा अध्यक्ष पदका लागि दुई उम्मेदवारवीच सहमति कायम हुन नसकेपछि अध्यक्ष चयनै नगरी साधारण सभा स्थगित भयो । साधारण सभाको निर्धारित समयसिमा साँझ पाँच बजेसम्म पनि अध्यक्ष पदका प्रत्यासीहरु पूर्व अध्यक्ष सुरज केसी र पूर्व उपाध्यक्ष रोमनाथ पाण्डेले अन्तिम समयसम्म उम्मेदवारी कायम राखेपछि सहमति हुन सकेन । समाजका पूर्व उपाधक्ष्य एब हालका अध्यक्ष पदका प्रतिस्पर्धी टंक कंडेलले समाजको एकिकरणको निम्ति आफु पुन उपाधक्ष्य बसेर काम गर्न तयार रहेको तर समाजको नेतृत्वमा काम गर्न सक्षम व्यक्ति आउनुपर्ने धारणा राख्दै पूर्व उपाध्यक्ष रोमनाथ पाण्डेलाइ चाल्टर्न नेपाली समाजले सम्मानित रुपमा राखेको तर पाण्डेले समाजको निम्ति हाल सम्म कुनै उल्लेखीय काम नगरेको र फेरी अध्यक्ष पदको दाबी गर्नु सान्दर्भिक नरहेको प्रस्ट पर्नु भयो।
पूर्वअध्यक्ष केसीले सस्थाको स्थापनाकाल देखि नै समाजमाको हितको निम्ति उल्लेखीय काम गरेर राम्रो छबि बनाएका कारण करिब ८०५ चार्ल्टन बासि नेपालीले अझै पनि सुरज के सीकै नेतृत्वको विकल्प नरहेको प्रस्ट पारेका छन। बेलायतको साउथ इष्टस्थित चाल्टर्न निवासीलाई मात्र लक्षित गरि गठन गरिएको सामाजिक संथामा देखिएको विवादले चार्ल्टनबासी भन्न पनि लाज लागेको सभामा उपस्थित एक सदस्यले बताउदै चार्ल्टन नेपाली समाजमा स्थापनाकाल देखि नै महत्वपुर्ण सहयोग गर्नुहुने यादभ भण्डारी लगायतलाइ क्षेत्राधिकार भित्र नपर्ने भनि बाहिर राखेकोमा दुख ब्यक्त गरेका थिय। सभामा विद्वान र समाजको नेतृत्व गर्ने मानिसबीच चाल्टर्न समाजलाई कसरी विवादरहित बनाउने भन्ने बिषयमा विभिन्न चरणमा छलफल भएको थियो।
पूर्व अध्यक्ष केसीले आफुले व्यक्तिगत भन्दापनि चाल्टर्नबासि नेपालीहरुको आग्रहमा अर्को कार्यकाल दोहोर्याउन लागेको जनाउदै उम्मेदवारी फिर्ता नलिने बतायका छन। उता निर्वाचन समितिका संयोजक एल एन पाण्डेले सहमति नभएपछि अब प्रजातान्त्रिक प्राणाली बाट नेतृत्व चयन गरिने र त्यसकालागि केहि समय लाग्ने बताउदै सम्भब भयसम्म चाल्टर्न वरिपरिका क्षेत्रलाई पनि समेटेर समाजलाइ बृहत बनाउन सुझाब दिनु भएको थियो।

साधारण सभाको अन्त्यमा समाजको अध्यक्ष बाहेकका पदहरुमा मात्र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु चयन गरी चाल्टर्न नेपाली समाज युके साधारण सभा स्थगित भयो ।
सर्बसम्मत चयन हुनेमा उपाध्यक्ष टंक कंडेल, सचिब टि एन रिजाल, सह(सचिब फुलप्रसाद कंडेल, कोषाध्यक्ष कृष्ण खरेल र सदस्यहरुमा एक महिलासहित ९ जना छन् । समाजमा सृजित समस्या समाधानलाइ मध्ये नजर गर्दै संयोजक एलएन पाण्डेले निर्वाचन समितिले सबैसंग सल्लाह गरेर अध्यक्ष पदका लागि निर्वाचनको अर्को मिति तय गर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१