विजया दशमीको अवसरमा पूर्वाञ्चलको प्रसिद्ध सप्तरीको छिन्नमस्ता सख्डेश्वरी शक्तिपीठमा सम्पुर्ण तैयारी पुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७१, बुधबार १२:२६

एस.पी.गौरब

सिरहा ,  ८ असोज । विजया दशमीको अवसरमा पूर्वाञ्चलको प्रसिद्ध सप्तरीको छिन्नमस्ता सख्डेश्वरी शक्तिपीठमा सम्पुर्ण तैयारी पुरा भएको छ । । मन्दिर संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष तथा मन्दिरका पीठाधिश महाकान्त ठाकुरले नेपाल भारतका संचारकमीहरुसंगको भेटघाट कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिए ।
। आश्विन ९ गते घटस्थापनाको दिनबाटे मन्दिरमा वडा दशै अवधिभर मेला तथा हजारौ श्रद्धालु भक्तजनहरु पुजापाठको लागी आउने भएकोले मन्दिरको ब्यबस्थापनको सम्पुर्ण तैयारी पुरा गरिएको पीठाधिश ठाकुर जानकारी दिए ।

यस वर्ष विजयादशमीमा नेपालका विभिन्न ठांउका सहित छिमेकी देश भारतका विभिन्न स्थानका गरि  करिब ५ लाख भन्दा बढी श्रदालु भक्तजन  तथा दर्शकहरु दर्शन तथा पुजाआजाका  लागी आउने सम्भावना रहेका मन्दिर संरक्षण सम्वद्र्धन समितिले जनाएको छ। दशै अवधिभर छिन्नमस्ता मन्दिरमा सुरक्षा व्यवस्था कडा बनाउने साथेै मन्दिरमा करिब एक दर्जन सिसि क्यामरा जडान गर्ने समेत बताईएको छ । पीठाधिश ठाकुरका अनुसार वडा दशैमा नेपाल सहित भारतका विभिन्न स्थानबाट  हजारौ हजार श्रद्धालु भक्तजन दुर्गा माताकोे पुजापाठ तथा दर्शनको लागी आउने गरेको कारण दशै अवधिभर सबैले सहयोग गरिदिन पनि सम्बन्धित सबैमा मन्दिर संरक्षण सम्वद्र्धन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१