बाबुद्वारा नाबालिका छोरीलाई करणी गरेको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७१, मंगलवार १६:५७

दीपकअनुरागी आचार्य

download
कपिलवस्तु, ७ असोज । कपिलवस्तु थुन्हिया ७, नयाँबस्तीका ३२ वर्षीय शुक्रराज गिरीले घरमा श्रीमती नभएको मौका छोपी आफ्नै ११ वर्षीय छोरी रिता  (नाम परिवर्तित) माथि यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । श्रीमती दाङ गएको बेला गत भदौ २६ गते राति उनले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेका हुन् । सोही ठाउँकी ७ वर्षीय अबोध बालिकालाई स्थानीय आनन्द वि.क.ले यौन दुव्र्यवहार गरेको घटना बाहिर आएपछि ती बालिकाले आफ्नो बाबुको कर्तुत बाहिर ल्याएकी हुन् । छोरीलाई डरधम्की दिई घटना लुकाइएको भएपनि हप्तादिनपछि पीडित छोरीले आफैंले आमा र छिमेकीलाई बताएकी थिइन् ।

छोरीले घटनाबारे बताएपछि यौनाङ्ग हेर्दा सुन्निएको छिमेकीले बताए । घटना खुलासासँगै छिमेकीको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीको चाल पाउने वित्तिकै अधर्मी बाबु फरार भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभएको थियो । घटनाबारे बुझ्न अधिकारकर्मी, संचारकर्मीको टोली त्यहाँ पुगी यथार्थ जानकारी लिएका थिए ।
नाबालिगमाथि बलत्कार जस्ता जघन्य अपराध हुँदा समेत प्रहरीले चासो नदेखाएको आरोप लगाउँदै मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण गराएका छन् । जिल्लाका पश्चिमी क्षेत्रका अधिकारकर्मी र संचारकर्मीको टोलीले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग गरेका छन् । अधिकारकर्मी र संचारकर्मीको टोली वडा प्रहरी कार्यालय पुगी प्रहरी निरीक्षक सन्तोष रोकालाई प्रेस विज्ञप्ती बुझाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१