एम्नेष्टी इन्टरनेस्नल नेपालको अध्यक्षमा सुर्य बहादुर अधिकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७१, मंगलवार ०९:४१

बागलुङ,७ असोज । ???????????????????????????????
मानब अधिकारको क्षेत्रमा विश्वव्यापी रुपमा क्रियाशिल एम्नेष्टी इन्टरनेस्नल नेपालको २३ औँ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरमा सम्पन्न्न एम्नेष्टीको २३ औँ वार्षिक साधारण सभाले काठमाण्डौका सुर्य बहादुर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।???????????????????????????????
केन्द्रीय उपाध्यक्षमा बागलुङका प्रताप पौडेल निर्वाचित हुनु भएको छ । एम्नेष्टी इन्टरनेस्नल समुह ४८ बागलुङका सल्लाहकार रहेका बागलुङको पैयुँपाटा निवासी पौडेल एम्नेष्टी इन्टरनेस्नल नेपाल शाखाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । समितिको महासचिबमा बिराटनगरका डिक प्रसाद घिमिरे, उपमहासचिबमा भक्तपुरका डिक घिमिरे, कोषाध्यक्ष काठमाण्डौका प्रविण अग्रवाल निर्वाचित हुनु भएको छ । सदस्यहरुमा चिवनका अर्जुन अधिकारी, गोरखाकी मन्जु अर्याल, झापाका शेष निरौला, काठमाण्डौका हेलम्बदेव भट्टराई, महिला सदस्य पद्यीनि थापा, नमुना निरौला, पुनरावेदन समितिको संयोजकमा कुमार घिमिरे, सदस्यमा अशोक जोसी र पार्वता आचार्य चयन हुनु भएको छ । साधारण सभाले दण्ड हिनताको अन्त्य गर्न, रोम विधान अनुमोदन गर्न, आप्रवासी कामदारको अधिकार सुरक्षित गर्न, महिलाको यौन तथा प्रजनन अधिकारको सुरक्षा र यातनाको अन्त्य गर्न माग गर्ने प्रस्ताब पारित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१