अर्को गाविसमा बिहे गर्दा जागिर गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार १४:२९

जाजरकोट, ६ असोज   । बिहे गरेको निहुँमा एक महिलाले जागिरबाट हट्नुपरेको छ । जिल्लाको कोर्ताङ गाविसकी लेखा सहायक गीताकुमारी बस्नेतले बिहे गर्दा सजाय भोग्नुपरेको हो । कोर्ताङ–४ मेसुकी उनी सात वर्Èअघि गाविसको लेखा सहायक अधिकृतमा नियुक्त भएकी थिइन् ।

मजकोट–९ का बुद्धिबहादुर बस्नेतसँग उनले विवाह गरिन् । गाविस सचिव दीपकबहादुर जिसीले उनलाई बिहे गरेर अर्कै गाविसमा गइसकेको भन्दै बर्खास्त गरिदिए ।
बिहे गरेपछि कार्यालयको काममा बाधा पुग्ने र कोर्ताङमा उक्त काम गर्ने जनशक्ति पनि उपलब्ध भएको भन्दै उनलाई अवकाश दिइएको हो । जसका कारण उनी न्यायका लागि डेढ महिनादेखि सदरमुकाम धाइरहेकी छन् । उनले गत साउन २१ मा जिल्ला प्रशासनमा उजुरी दिएकी छन् । विवाहित भएकै कारण काम गर्न नसक्ने भन्दै आफूलाई अन्यायपूर्ण तबरले हटाइएकाले उजुरी दिन बाध्य भएको उनले बताइन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१