६ महिनाकी गर्भवती जलाइएको घटना रहस्यमय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार १२:०५

काशीराम शर्मा/

Kambodiyaबाँके ६ असोज । एक महिलालाई आगो लगाएर बीभत्स रुपमा जलाएको घटना रहस्यमय भएको छ । ६ महिनाकी गर्भवती ३० बर्षिया साहजहाँ कवडियाको शरीर पुरै जलेको छ । जलाएको आशङ्कामा गर्भवती बनाउने प्रेमी मोहम्मद सामिरलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

छोराले ग्याँसको पाइप काटेपछि बिष्फोटन भई जलेको पीडितले बताए पनि घटनाको प्रकृति हेर्दा त्यस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । शुक्रबार अपरान्ह ४ बजेतिर जलेकी कबडियालाई राति उपचारको लागि भेरी अञ्चल अस्पताल ल्याएको थियो । प्रेमीलाई पक्राउ गरेपछि अहिले साहजहाँको कुरुवा कोही पनि छैन । पहिलो श्रीमान्को मृत्युपछि कबडिया सामिर मोजमस्ती गर्ने क्रममा गर्भ बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पहिलो श्रीमानतर्फ ५ र ७ बर्षका छोरासमेत रहेका छन् । उता प्रेमी सामिरसमेत विवाहित हुन् । भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी कबडियाको अवस्था गम्भीर रहेको छ । अस्पतालकी नर्स सुभद्रा रोकायले अवस्था अत्यन्तै नाजुक भएको बताइन् । ‘छटपाइरहेकी छन, स्लाइदिने ठाउँ समेत छैन, नसाहरु सबै जलेका छन्,’ नर्स रोकायल बताइन् ।
अस्पतालमा साजाहाँको कुरुवासमेत नभएका कारण पानी दिने र आषधी ल्याउने मान्छेसमेत कोही छैन । ‘यता उताबाट हामीले नै औषधि उपचार गरि रहेका छौँ’, नर्स रोकायले भनिन् । स्लाइन पानी दिने ९५ प्रतिशत जलेकी राईले श्रीमान्लाई प्रहरीले पक्राउ गरेकोले केही नबोल्ने बताउँछिन् । ‘मेरो श्रीमान्लाई प्रहरी प्रकाउ गरेको छ, म केही भन्दिन,’ साहजहाँले भनिन् ।
अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हुँ भन्दै आएको तर खाना लिन जान्छु भनेर फर्केर नआएको बताए । ‘कोही आफन्त पनि आएका छैनन्, पानी र खाना दिने मान्छे पनि कोही छैनन्,’ जवान केसीले भने ।
जलाइएकी साहजहाँको घर भारतको बहराइचमा रहेका प्रहरीले जनाएको छ । साहजहाँको घटना भएको स्थान नै पत्ता लाग्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक किसनसिँह बुडालले जानकारी दिए । भारतीय प्रहरीसँग समेत समन्वय गरेर खोजी गर्दासमेत घटनास्थल पत्ता नलागेको
निरीक्षक बुडालको भनाइ रहेको छ ।
‘जलेकी साहजहाँ र उसको प्रेमी सामिरे पहिला नेपालगन्जको बाँके गाउँ घर बताए । प्रहरी लाएर खोज्दा त्यो ठाउँ नै पत्ता लागेन, अनि केरकार गर्दा भारतको बहराईच बताए, त्यो ठाउँ पनि भारतीय प्रहरीलाई लगाएर खोज्दा समेत पाइएन’, प्रहरी निरीक्षक बुडालले भने, ‘यता पहिला छोराले ग्याँसको पाइपलाइन काट्न घटना भएको दुबै बताए, अनि छोरालाई केही नभएको कारण केरकार गर्दा त्यो पनि आफै ग्यास पड्केको भने, त्यसैले यो घटना रहस्यमय छ ।’
अहिले बाँकेका प्रहरी नायब उपरिक्षक सुशिलसिंह राठौरले साहजहाँको घटनाको बारेमा श्रीमान मो.समिरलाई पक्राउ गरि प्रहरी अनुसन्धान अघि बढाएको बताए । मधेसी र मुस्लिम महिलाहरु दाइजो, घरेलु हिंसा तथा शरीर नै जलाउने जस्ता जघन्य घटनाहरु निरन्तर दोहोरिरहेका छन् । यसअघि पनि बाँकेमा तीन महिलालाई दाइजोको नाममा जलाइएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१