सवारी लाइसेन्सका लागि लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म ट्रायल दिन पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७७, मंगलवार ०५:५४

काठमाडौँ। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी गराएको छ ।

यसअघि ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्‍याएको छ ।

यस्तो छ सूचना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१