नेकपा प्रचण्ड–माधव समुहको बृहत् जनप्रदर्शनमा कुन नेताले कहाँको नेतृत्व गर्लान्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७७, मंगलवार ०५:३०

काठमाडौं । यहि माघ २८ गते बुधबार राजधानी काठमाडौंमा बृहत् जनप्रदर्शनको आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीका विभिन्न स्थानहरुको नेतृत्वका लागि शीर्ष नेताहरुलाई खटाउने भएको छ । राजधानीका मुख्य ५ स्थानहरुमा ती नेताहरुले जुलुसको नेतृत्व गर्ने बताइएको छ । राजधानीका मुख्य स्थानहरुमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन् ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन् । जमलमा नेताहरु लिलामणि पोख्रेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठनको नेतृत्व सम्हाल्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले जुलसको नेतृत्व गर्ने छन् ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन्। त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीयय कमिटी सदस्यहरुले गर्नेछन् । यो टोलीमा सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरु समेत रहनेछन् ।

माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीयय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१