विभत्स रुपमा जलाइएकी गर्भवतीको अवस्था गम्भीर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार १३:११

नेपालगन्ज,५  असोज  । आगो लगाएर विभत्स रुपमा जलाइएकी नेपालगन्जकी गर्भवती महिला साहजहा कबडियाको अवस्था गम्भीर बन्दै गएको छ ।

नेपालगन्ज बाँके गाउँ बस्ने ६ महिनाकी गर्भवती ३० वर्षीया साजाहा कबडियाको शरीर पुरै जलेको अवस्थामा भेरी अन्चल अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रबार राती उपचारको लागि कबडियालाई भेरी अञ्चल अस्पताल भर्ना गरिएको र त्यपछि पनि उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कबडियाको शरीरको करब ८० प्रतिशत भाग जलेको छ ।
भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी कबडियाको अवस्था निकै गम्भीर रहेको अस्पतालकी नर्स सुभद्रा रोकायले बताउनु भयो । उहाले अवस्थामा सुधार नआए काठमाण्डौ पठाउनु पर्ने पनि बताउनु भयो ।
कबडियाको अवस्था अत्यन्तै नाजुक रहेको र उनि निरन्तर छटपाइरहेको जनाउदै शरीरको अधिकांश भाग जलेकाले स्लाइदिने ठाउ समेत नरहेको र नसाहरु सबै जलेको चिकित्सकले बताएका छन् ।
अस्पतालमा साहजाहाको कुरुवा समेत कोही छैनन । अस्पतालमा उनलाई हेर्ने कोही नभएपछि थप समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ ।
उता, प्रहरीले जलाउने अपराधमा संलग्न भएको आशंकामा शाहजहाका पति मोहम्मद सामिरलाई पक्राउ गरेको छ । तर शाहजहाले सो घटनामा आफ्नो पतिको संलग्नता नरहेको बताएको बाँकेका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताउनु भयो ।
उहाले तै पनि घट्नाको प्रकृति हेर्दा पतिको संलग्नताको आशंका रहेकाले उनलाई पक्राउ गरेर अनुसन्धान भैरहेको जनाउनु भयो ।
गलत ठेगाना र आफन्तहरुको पहिचान नदिएकाले घटना रहस्यमय रहेको प्रहरी प्रमुख कोईरालो बताउनुभयो । बिरामी कुरुवा तथा कोहि पनि आफन्त नभएकाले अस्पतालमा कर्मचारीहरु आफै सैजदाको उपचार गरिरहेको पनि उहाले जनाउनु भयो ।
साजाहालाई परिवार कै सदस्यले जलाएको आंशका प्रहरीले गरेको छ । अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हु भन्दै आएको तर खाना लिन जान्छु भनेर फर्केर नआएको बताउनु भयो ।
जलाइएकी शाहजाहाको घर भारतको बहराइचमा रहेका प्रहरीले जनाएको छ । यसअघि पनि बाँकेमा तीन महिलालाई दाइजोको नाममा जलाइएको छ । ती घटनामा संलग्न अपराधी हालसम्म फरार रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१