माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो हुँदैनः नेता पाण्डे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७७, सोमबार ०५:००

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली तिर संकेत गर्दै सत्ताको दम्भले माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो नहुने बताएका छन् । उनले यसो गर्नु मुर्खता सिवाय अरु केही नभएको दाबी गरे ।

नेकपा पार्टी फुटेको नभै ओली सहितका केही मानिस माइन्युट चोरेर भागेको पाण्डेको भनाई छ । आइतबार भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले भने, “निर्वाचन आयोगमा दुई अध्यक्षसहित बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएकाले निर्वाचन आयोगले हामीहरुलाई नै वैधानिकता दिनेछ । ओलीले शक्तिको बलमा आफूअनुकुल निर्णय गराए भने जनताले सडकबाट ओलीको सरकार ढाल्ने र त्यसैका लागि नेकपाले आन्दोलनको आँधीबेहरी ल्याउने छ ।”

नेकपाका २५ प्रतिशत केन्द्रीय सदस्य बाहेक ७५ प्रतिशत केन्द्रीय सदस्य अर्थात ३७७ जनाभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समुहमा रहेकाले नेकपा पार्टी फुटेको नभै केही अधिनायकवादीहरुले मति बिग्रिएर बाटो बिराएकाले आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दाबी उनको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१