संसद विघटनविरुद्ध जसपाले निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७७, आईतवार ०४:०६

काठमाडौँ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक कदम’विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप समेत भएको थियो ।

यसैबीच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीमा पनि वरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा स्थानीय शिवमन्दिर प्राङणबाट मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।

मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक कदम खारेज गर’, ‘सर्वसत्तावादी मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१