प्रचण्डको साथ छाडेका ५ नेतालाई ओलीले बनाए मन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७७, शनिबार ०५:५०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति मन्त्रिपरिषद पुनर्गठन गरे । जसमा पाँच नेताहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट बाहिरिएकाहरु छन् ।

संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले एक राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्ति गरेका हुन् ।

जसमा सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामा रहेका छन् । यसैगरी उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा नियुक्त गरेकी हुन्।

यी ९ जनामध्ये टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले प्रचण्ड समूह छाडेर ओली समूहलाई साथ दिएका थिए ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार राति राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१