संसदीय दलको नेता चुनिएपछि प्रचण्डले भने, ‘नयाँ सरकार गठनतर्फ मेरो ध्यान छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७७, बिहीबार ०४:३५

काठमाडौं । सत्तारुढ नेकपामा प्रचण्ड–माधव कुमार नेपाल समूहको संसदीय दलको नेता चयन भएपछि पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलसँग सहकार्य गर्दै जनताको पक्षमा काम गर्ने बताएका छन् ।

अध्यक्ष तथा संसदीय दलको नेता बनेका प्रचण्डले आफ्नो अबको लक्ष्य तथा उद्देश्य संसदलाई जीवित गर्नु र चलायमान बनाउने भएको बताए । उनले अब आफ्नो ध्यान सरकार गठनमा रहने पनि बताएका छन् ।

संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अब नयाँ सरकार गठन गर्दै जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन् । उनले सबै राजनीतिक दलसँग समन्वय र सहकार्य गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१