मन्त्रिपरिषद बैठक : गेलाललाई सचिवमा बढुवा, घिमिरे महावाणिज्यदूत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७७, शुक्रबार ०४:२१

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा बढुवा भएका छन् ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव गेलाललाई वरिष्ठताका आधारमा सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसैगरी, मन्त्रिपरिषद बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१