एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न राज्य व्यवस्था समितिको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७७, बिहीबार ०४:२८

काठमाडौँ। राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले एआईजी दरबन्दी थप्ने मन्त्रिपरिषदको ३ गतेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै एआइजीका लागि विश्वराज पोखरेल सिफारिस भइसकेको अवस्थामा समितिले सो निर्णय स्थगन गर्न निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने जवाफ दिएका थिए ।

गृहमन्त्री थापाले मन्त्रालयले ५ डीआईजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआईजीको दरबन्दी थप गर्न भनेकाले सो बमोजिमको निर्णय गरेको बताएका थिए ।

सरकारको उक्त निर्णयको सत्तारूढ दल नेकपाकै सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावलले विरोध गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१