बसको टिकटमा मनपरी, ५ सय टिकट साढे ९ सयमा विक्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ आश्विन २०७१, शनिबार १९:१९

काठमाडौं । बस व्यवसायीले यात्रुलाई अत्यधिक मूल्यमा बसको टिकट विक्री गरेको फेला परेको छ ।
सरकारले निर्धारण गरेको दररेटभन्दा झन्डै चार सय ४० रुपैयाँभन्दा बढी असुल गरेर यात्रुलाई टिकट बिक्री गरेको अवस्थामा शुक्रबार प्रमाणसहित अनुगमन गर्ने निकायले फेला पारेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
यातायत व्यवस्था विभागले पश्चिम नेपाल बस व्यवसायी संघले काठमाडौंबाट बुटबल जाने सिद्धार्थ यातायातको यात्रुबहाक बसको टिकट नौ सय ५० रुपैयाँमा बिक्री गरेको प्रमाण फेला पारेको हो । सरकारले काठमाडौंलेखि बुटवलसम्मको भाडा ५ सय १० रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१