नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७७, बिहीबार ०५:४१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो सम्पन्न भेटवार्तामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमति अनुसार शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा नेकपा सचिवालय बैठक बस्नेछ ।

नेकपा सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी भएको बालुवाटार स्रोतले नजाएको छ । अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छलफल भएको छ ।

सचिवालय बैठकमा पार्टीको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्ताव कार्यान्वयनका विषयमा छलफल हुनेछ । सचिवालयका अधिकांश बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमै बस्दै आएका थिए ।

पार्टी एकताको घोषणासँगै दुबै अध्यक्षको कार्यकक्ष पेरिसडाँडामा पनि रहे पनि त्यसपछि औपचारिक बैठकहरु बस्न सकेको थिए । केही औपचारिक बैठक धुम्बाराहीमा बसे पनि पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यक्रमहरु हुँदै आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१