ओली-प्रचण्डबीचको भेटवार्ता सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७७, सोमबार ०४:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । बेलुकी ५ बजेदेखि झण्डै २:३० घन्टासम्मको भेटवार्तामा स्थायी कमिटी बैठकबाट पारित भएको प्रस्ताव कार्यान्वयनका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठन, केही राजनीतिक नियुक्तिलगायत पार्टीको स्थायी कमिटी बैठकबाट पारित भएको अध्यक्षद्वयको प्रस्ताव कार्यान्वयनका विषयमा छलफल भएको छ । बैठकपछि प्रस्ताव कार्यान्वयनका विषयमा छलफल प्रारम्भ भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१