प्रधानमन्त्रीले भने, ‘वैठकका कुरा दिल्लीका मिडियामा हुबहु कसरी छापिन्छन् ?’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७७, बुधबार ०५:३४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको मंगलबार  वैठक मुख्य एजेण्डा भन्दा पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा केन्द्रित भएको छ ।

वैठकमा मुख्य एजेण्डा भन्दा प्रधानमन्त्रीको अभिव्यक्ति मुख्य विषय बन्न पुगेपछि वैठक नै प्रभावित भएको छ ।

वैठकमा नेकपा शीर्ष नेताहरुले प्रधानमन्त्रीले भारतले सरकार ढाल्न खोजिरहेको भनेर दिएको अभिव्यक्तिको आधार र प्रमाण माग गरेका थिए ।

केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् ।

नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो ।

प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे।

‘अब तपाइँ हट्नुस्,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले डेलिभरी दिन सकेन । अब सरकारमा बस्नुको औचित्य छैन ।

पहिला पनि मैले राजीनामा मागेको हुँ, अहिले पनि भन्छु अब तपाइँ प्रधानमन्त्रीबाट हट्नुस्।’

प्रधानमन्त्री ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए ।

यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए।

प्रधानमन्त्री ओलीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ?

यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ।

आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने।

नेता नेपालले भने प्रधानमन्त्रीको अभिव्यक्ति आफ्नो असफलता ढाक्न आएको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक भएको बताए।

उनले सरकार ढाल्न कोही लागेको भन्ने प्रधानमन्त्रीलाई लागेको हो भने स्पष्ट पार्नुपर्ने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१