कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७७, सोमबार ०५:०७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक असार १६ गते मंगलबार दिउँसो १ बजे बोलाउने निर्णय भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो । नेता लेखकका अनुसार असार मसान्तसम्म समायोजनको काम सक्ने, साउन मसान्तमा क्रियाशील सदस्यता वितरण गर्ने, त्यसपछि उजुरी लिने र मंसिरमा सबै काम सकेर पुुस महिनामा स्थानीय तहको महाधिवेशन गर्ने विषयमा मोटामोटी छलफल भएको छ ।

कांग्रेसले यसअघि १४ औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गते सम्म गर्ने निर्णय गरेको थियो । तर, कोरोना भाइरसको कारण संक्रमण फैलिँदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको थियो । कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

कांग्रेस नेता प्रकाशशरण महतले महाधिवेशन कार्यतालिकाला हेरफेर गर्ने नगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताए । उनले महाधिवेशनको अन्तिम मिति फागुन ७ नै राख्ने र त्य अघि हुने क्रियाशील सदस्यता तथा नवीकरणका कामको तालिका परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१