डा. सीके राउतलाई बिना सर्त रिहा गर्न माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार ०९:४७

मोरङ,३० भाद्र । राष्ट्रद्रोहीको आरोपमा मोरङबाट पक्राउ परेका सिके राउतलाई विनाशर्त अविलम्ब रिहाइ गर्न सिरहाका मधेशवादी दलहरु र नागरिक समाजले माग गरेका छन्।
नागरिक समाजका मनोज यादब, तमलोपा सिरहाका सचिव राकेश झा, सदभावना पार्टीका अध्यक्ष बालेश्वर यादब, फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विष्णुदेव चौधरी लगायतले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै डा. राउतलाई विनाशर्त रिहा गर्न सरकारसँग माग गरेको हो। dr-ck-raut-pr

डा. सिके राउतले आफ्नो अभिव्यक्ति, आफ्नो विचार लोकतान्त्रिक अधिकार अनुरुप राखेको थिए तर खस मान्सिकताबादी शासक वर्गले उनलाई राष्ट्रद्रोह भनेर नियन्त्रणमा लिनु लोकतान्त्रिक पद्धतीको ठाडो उल्लघन भएको जारी विज्ञप्तीमा उल्लेख छ।

‘केपी ओली र रामशरण महतले मधेश विरोधी अभिव्यक्ति दिँदा कुनै पनि खस मानसिकताबादीहरुले केहि बोलेनन्। के मधेश नेपालमा पर्दैन्?’ विज्ञप्तिमा भनिएको छ, ‘यदि पर्छ भने त्यस्ता अभिव्यक्ति राजद्रोही होइन्? हो भने यो बिभेद किन? यसले प्रष्ट हुन्छ की नेपाली शासकले डा. सीके राउतलाई समातेका होइनन कि मधेशीले स्वतन्त्रता पूर्बक विचार पनि प्रकट गर्न पाउँदैनन भनेर बोध गराएका हुन्।’

संविधानमा राज्यमा रहने वा नरहने आत्मनिर्णयको अधिकारको कुरा उठाउने डा. सीके राउतलाई राष्ट्रद्रोहको आरोपमा गिरफ्तार गरिने बर्चस्ववादी मानसिकताको स्पष्ट परिचय हो भन्दै विज्ञप्ती मार्फत घोर निन्दा गरेको छ। कानून र व्यवहारमा राज्यले बराबरीको हक दिन नसकेको अवस्थामा अलग राज्यको विकल्प रोज्नु नैसर्गिक अधिकार रहेको दावी गरेको छ।

‘डा. सीके राउतलाई बिना शर्त रिहाई गरी सर्वसहमतिको संविधान निर्माण गर्दै अगाडी बढ्नु आजको आवश्यकता भएको तथ्यलाई आत्मसात गर्न सरकार र सबै राजनैतिक दलहरुको ध्यानाकर्षण गराउदै बर्चस्वादी सोचको घोर निन्दा गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

डा. राउतलाई नेपाल प्रहरीले मोरंगको रंगेलीबाट शनिवार साँझ करिब ७ बजे पक्राउ गरेको हो। पक्राउ परेका राउतलाई पक्राउ गरिएको मोरंग प्रहरीले पुष्टि गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१