अवैध यौन धन्दा गर्ने होटलहरुमा चितवन प्रहरीको छापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ०८:०७
भरतपुर,२९ भाद्र । यौन व्यावसाय सञ्चालन गर्ने भरतपुरको नारायणगढ वसपार्क र केन्द्रिय बस टर्मीनल आसपास क्षेत्रका, होटलहरुमा आज चितवन प्रहरीले छापा मारेर ४३ जना पक्राउ गरेका छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको नियमित अभियान अन्र्तगत ४ प्रहरी निरिक्षक सहितको अलग–अलग टोलीले छापा मारि यौन व्यावसाय संचालन गर्ने, जुवातास खेलाउने र यौन व्यवसायलाई गर्ने पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
भरतपुरको नारायणगढ वसपार्क र केन्द्रिय बस टर्मीनल आसपास क्षेत्रका ३० वटा होटलबाट ४३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्ष उमेरका महिलहरु छन् ।
जसमध्ये अधिकांश किशोर–किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ । उनिहरु सवै अवैध यौन जन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाईएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भरतपुर र यस आसपासका Ôेत्रमा अवैध यौनधन्दा चलाउने गरिएको भन्दै सर्बसाधारण्ँ बाट उजुरी परे पछि प्रहरीले आज दिउसो ३ वजे देखि ६ वजे सम्म छापा मारेको उनले बताए ।
जस मध्ये प्रहरी प्रारम्भीक अनुसन्धान गरि ३० जना छाडिएको छ । भने २ पुरुष सहित १३ जनालाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ । १३ जना यसअघि पनि पक्राउ परि छाडिएकाहरु भेटिएको उनले बताए ।
विशेष गरेर नियमित रुपमा यौन व्यवसाय सञ्चालन गरेको नदुर्गा, सुविधा, सिराईचुली र चौधरी होटलमा भेटीएका १३ जना १३ बर्ष देखि ४५ बर्ष उमेर सम्मका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१