चार दिनपछि खुल्यो त्रिशुली काठमाडौं सडक, ठूलो सवारीलाई अझै जोखिम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७१, शनिबार १९:२६

triकाठमाडौँ /अविरल वर्षासँगै आएको पहिरोको कारण चार दिनदेखि ठप्प भएको त्रिशुलीदेखि काठमाडौंसम्मको पासाङल्हामु मार्ग शनिबारदेखि मात्र संचालनमा आएको छ।
अविरल वर्षाका कारण यो सडकमा सयभन्दा बढी स्थानमा पहिरो गएकोले बुधबारदेखि यो मार्ग ठप्प थियो । ठाउँठाउँमा पहिरो गएपछि बुधबार सडकमा यात्रारत सयभन्दा बढी यात्रु र दर्जनभन्दा बढी सवारी साधन बीचबाटोमै अड्किएका थिए । सेना र प्रहरीको विशेष टोलीले डोरी प्रयोग गरेर फसेका यात्रुहरुको उद्धार गरेको थियो।

पहिरोले पुरेको सडक मर्मत गर्ने काम भइरहेको छ। ठुला यातायातका साधनको प्रवेशलाई अझै जोखिमपुर्ण रहेको र एक/दुई दिनमै सडक पराकिलो वनाएर सवारीलाई सुचारु गराइने डिभिजनल सडक कार्यालय नं.५ नुवाकोटका इञ्जिनियर लालसिह ऐरीले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१