एमाओवादीका उपाध्यक्ष बोगटीको स्वास्थ्य अवस्था गम्भिर /भारत लैजाने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ भाद्र २०७१, शनिबार १४:२८

काठमाडौँ ,२८ भाद्र । हृदयघातका साथै मस्तिष्कघात समेत भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उहाँलाई आज विहानबाट भेन्टिलेटरमा राखिएको छ । स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले उहाँलाई भारत लैजान सुझाव दिएका छन् । चिकित्सको सुझाव अनुसार उहाँलाई एयर एम्बुलेन्स मार्फत भारतको मेदान्त अस्पताल लैजाने तयारी भईरहेको छ । एयर एम्बुलेन्स आज बेलुका वा भोली विहान आईपुग्ने पारिवारिक स्रोतले जनाएको छ ।480X320_bb651a46de11341a84c6b544c3f936ee
उपाध्यक्ष बोगटीलाई अस्ति राती घरमै बसिरहेको बेला हृदयघात भएको थियो । लगत्तै बाँसबारीस्थित गंगलाल अस्पताल पुर्‍याएर शल्यक्रिया गरिएको बोगटीलाई मस्तिष्कघात समेत भएको थाहा पाएपछि हिजो अपरान्ह नर्भिक अस्पतालमा ल्याईएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१