जिपको ठक्करले दुईजना ठहरै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार ०९:४६

सुदिप अधिकारी,

मोरङ / भाद्र २७ ।   मोरङको पथरीमा आज बिहान भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत शनिश्चरे नगरपालिकाको पथरी सडक खण्डमा ना २ च १२९८ नम्बरको जिपले साईकल यात्रीलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट साईकल यात्री मोरङ शनिश्चरे १ का ६५ बर्षिय रुद्र गुरुङ र उनका भाई मनकुमार गुरुङको मृत्यू भएको हो । जिपको ठक्करबाट गम्भिर घाईते भएका गुरुङ दाजुभाईको मोरङको उर्लाबारी स्थित प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा उपचारका क्रममा मृत्यू भएको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१