बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार ०७:०९

भीमदत्तनगर, २७ भाद्र  । बोक्सीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक गर्भवती महिलालाई छिमेकीले कुटपिट गरेका छन् 

images

पुनर्वास नगरपालिका–१२ रामबस्तीकी हेमन्ती तामाङलाई गाउँकै सानु तामाङले घरमै आएर कुटपिट गरेकी हुन् । ३७ वर्षीया हेमन्तीलाई मङ्गलबार सानुले बोक्सी भन्दै गाउँले सामु कुटपिट गरेका हेमन्तीले आरोप लगाएकी छिन् ।
घटनापछि हेमन्ती आफ्ना श्रीमान्सँग न्यायिक उपचारका लागि सदरमुकाम महेन्द्रनगर पुगेकी छिन् । सानुका श्रीमान् जितबहादुर तामाङले प्रहरीमा उजुरी गरेको भन्दै धम्काउन थालेपछि गाउँमा बस्ने वातावरण नहुँदा न्यायका लागि यहाँ पुगेको हेमन्तीका श्रीमान् सोमबहादुर तामाङले बताए ।
गैरसरकारी संस्था सेलर्डले उनीहरुलाई कानुनी परामर्श दिइरहेको महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत अनिता बुढाऐरले बताए । हेमन्तीलाई सेवा केन्द्रको आश्रयगृहमा राखिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१