मलेसिया पुगेका ६ नेपाली मेनपावरको ठगिमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७१, बिहीबार १५:०१

ज्ञानमणि कालोटोपी/

काठमाडौं/ २६ भाद्र ।
वैदेशिक रोजगारीका लागि करिव ६ महिना अगाडि राजधानीको बसुन्धरामा रहेको साधना इन्टरनेशनल प्रालिबाट मलेसिया पुगेका ६ नेपालीहरुले आफूहरु मेनपावरबाट ठगिएको गुनासो गरेका छन् ।
यहाँबाट हर्वल कम्पनीको मार्केटिङ्ग गर्ने भनेर गएका उनीहरुले मलेसिया पुगे पछि त्यहि कम्पनीको जडिबुटी उत्पादन शाखामा काम गरिरहेको भएपनि ३ महिना देखि एक रुपयाँ पनि पैसा पाएका छैनन् । सम्झौता भए अनुशार मार्केटिङ्गको काम नभएर अहिले उनीहरु दिनभरि जंगल फडानीको काम गरिरहेका छन् । मलेसिया पठाएको राजधानीको बसुन्धरा स्थित साधना इन्टरनेशनल मेनपावर कम्पनी सँग गुनासो गर्दा कम्पनीले कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ । अलपत्र परेका नेपालीहरु मध्ये काभे्र जैशिथोकका केशव भनिने गंगानाथ न्यौपाने , कपिलवस्तुका रामप्रसाद थारु , ललितपुरका श्याम कुमार लामा र देव बहादुर घिमिरे , रामेछापका पदम सुनुवार र सप्तरीका विश्वेश्वर चौधरी रहेका छन् । उनीहरुले कम्पनीले सम्झौता अनुशार काम नभएकाले हामी नेपाल फर्कन्छौं भन्दा पनि काममै लगाईरहेको र पैसा माग्दा उल्टै मार्ने धम्की आएकोले सहयोगका लागि आग्रह गरेका छन् । आफूहरुको यस्तो अवस्था रहेको भएपनि घरपरिवारले चिन्ता लिन्छन् भनेर अहिले सम्म उनीहरुले घरमा खवर गरेका छैनन ।
पिडित मध्येका गंगानाथ न्यौपानेका अनुशार उनीहरु काम गरिरहेको ठाउँबाट मलेसिया स्थित नेपाली दुतावास सम्म पुग्न ६ घण्टा बसमा जानु पर्छ । ‘अहिले कम्पनीले काम भन्दा बाहिर जान पुरै प्रतिबन्ध लगाएर कोठामै थुनेर राखेकाले बाँचिएला जस्तो पनि लाग्न छोडेको छ ।’– न्यौपानेले यस प्रतिनिधी सँग फोनमा गुनासो गरे । यस कम्पनीमा साधना इन्टरनेशनलबाट मलेसिया पुगेका १२ जनाले काम गरिरहेकोमा ६ जना भागेर कोहि नेपाल फर्किएका छन् भने कतिपय उतै अन्य कम्पनीमा काम गरिरहेको बताइएको छ । सहयोगका लागि मलेसियामा रहेका गंगानाथले ६०१११६४०१९९०, ६०१६५३२११८० मा सम्पर्क गर्न अनुरोध गरेका छन् । आफूहरु अहिले नेपाल फर्कन खोजेको भए पनि कम्पनीले पासपोर्ट फिर्ता नदिएकाले अप्ठ्यारोमा परेको गंगानाथले बताए ।

यस विषयमा साधना इन्टरनेशनल सँग यथार्थ बुझ्न प्रयास गर्दा सम्पर्क हुन सकेन । यस अघि पनि यो मेनपावर विरुद्ध यस्तै ठगिका उजुरी आउने गरेकाले यस पटक पनि युवाहरु ठगिमा परेको हुन सक्ने एक स्थानियले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१