गाई काटेको आरोपमा चार पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७१, बिहीबार १४:३९

download (2)खोटाङ,२६ भाद्र । गाई काटेको आरोपमा खोटाङमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा तामाङ र सोलुखुम्बु जिल्लाको लोखिम–९ बस्ने लाक्पानुरु तामाङ र मान्के तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

जिल्लाको उत्तरी गाविस बाकोचोलस्थित स्थानीय जङ्गलमा गत मङ्गलबार दिउँसो गाई काटेर खाएको स्थानीयले दिएको उजुरीको आधारमा उनीहरूलाई इलाका प्रहरी चौकी ऐसेलुखर्कका गस्ती टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिए। उनीहरूलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान थालिएको छ। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१