कृषि राज्यमन्त्री यादवको गालामा सांसदको थप्पड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७६, बुधबार ०६:०१

प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले सांसदका हातको थप्पड खाएका छन्।
यादवलाई प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो संसद भवन बाहिर थप्पड हानेकी हुन्। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले उपभोक्ता समितिको भुक्तानीको विषयलाई लिएर राज्यमन्त्री यादवमाथी थप्पड प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। सोही विषयमा नेकपा र नेपाली कांग्रेसले मंगलबारको प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका सांसदहरुले उपभोक्ता समितिको भुक्तानीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक रोकेका थिए। बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिएकी दासले प्रदेश सरकारको काम कारबाहीको विरोध हुँदा पनि सरकार र मन्त्रीहरु लाज पचाएर बसेको भन्दै आलोचना गरेका थिइन्। त्यसपछि यादव र दासबीच भनाभन भएको थियो। भनाभनकै क्रममा प्रमिलाले मन्त्री यादवको गालामा थप्पड हानेकी हुन्। उपभोक्ता समितिको भुक्तानीबारे मंगलबारको प्रदेश सभाको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको थियो। त्यही क्रममा उनी अन्य सांसदहरुसँगै बाहिरिएकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१