घरमै बनाउनुस् स्वादिलो काजु बर्फी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७६, मंगलवार ०६:२५

काठमाडौं । अहिले पर्वकै माहोल छ । दशैं सकिएपनि अब केही दिनमा तिहार आइहाल्छ । यस्तो बेलामा मानिसहरू मिठाइ खान्छन् । बजारको मिठाइमा गुणस्तर नहुन सक्छ त्यसैले घरमै मिठाइ बनाउनुभए हुन्छ । आज हामी तपाईंलाई काजुको बर्फी बनाउन सिकाउँछौं।

सामग्री
२५० ग्राम काजु

५० ग्राम धूलो दूध
२०० ग्राम चिनी
१०० मिलिलिटर पानी
एक चम्चा घिउ
सातवटा चाँदीको बरक
विधि
सबभन्दा पहिले काजुलाई ग्राइन्डरमा राम्ररी पिँधेर धूलो बनाउनुस् । अब यसलाई ठूलो प्लेटमा राख्नुस् र त्यसमा धूलो दूध मिसाउनुस् ।
अब एउटा कराहीमा चिनी र पानी हालेर चास्नी तयार गर्नुस् । चास्नी तयार भएपछि आगो निभाउनुस् र त्यसमा काजुको धूलो हालेर मिश्रण तयार पार्नुस् ।
अब यसलाई १० मिनेटका लागि त्यत्तिकै छोडेर चिसो हुन दिनुस् र मिश्रणलाई एउटा भाँडोमा हालेर हातले मज्जाले मुछ्नुस् ।
अब त्यो मिश्रणलाई प्लास्टिकको शीटमा राख्नुस् र पातलो हुने गरी बेल्नुस् ।
अब बेलिएको मिश्रणमा घिउ हालेर फैलाउनुस् र माथिबाट चाँदीको बरक लगाउनुस् ।
आधी घन्टासम्म यसलाई सेट हुन दिनुस् । त्यसपछि चक्कुले बर्फी आकारमा काट्नुस् ।
काजुको बर्फी तयार भयो ।
एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१