मासुको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर !!!

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १५:२०

काठमाण्डौँ । हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ ?

यो कुरामा किनपनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि । पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि  एक प्रमुख कारक मानिएको छ ।

त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन् । प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु । अन्नपात एवं सागसब्जीको अभाव टार्न समेत मासु खानुपर्ने अवस्था पनि छ ।

तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन् । र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ । खासगरी रातो मासु । जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ । यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ ।

चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।

अब रह्यो स्वादको कुरा । मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो । स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ ।

शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ । धेरैजसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ ।

चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ । उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन । यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ । बि्रटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन ।

हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ । यसले पक्कै सकारात्मक नतिजा दिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१