गुगलले न्युयोर्कमा १ अर्ब डलरको मुख्यालय बनाउने

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १५:०६

काठमाडौं । गुगलले न्युयोर्कमा १ अर्ब डलरको मुख्यालय बनाउने भएको छ ।  सो क्षेत्रमा कम्पनीको व्यापार उल्लेख्य मात्रामा विस्तार भइरहेको अवस्थामा कम्पनीले यस्तो योजना अघि सारेको हो ।

न्युयोर्कमा अमेजन एप्पलजस्ता कम्पनीहरुले आफ्नो कार्यालय विस्तारको योजना अघि सारिसकेको अवस्थामा गुगलले पनि मुख्यालय खोल्ने योजना अघि सारेको हो । समाचार एजेन्सीका अनुसार नयाँ मुख्यालयको नाम हडसन स्क्वायर हुनेछ । यो मुख्यालय १ लाख ५८ हजार वर्गमिटरको क्षेत्रफलमा निर्माण हुनेछ ।

पछिल्लो समय आफ्नो व्यापारमा महत्वपूर्ण विस्तारको योजनामा अघि बढिरहेको गुगलको लागि यो महत्वपूर्ण योजना रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१