वर्थिङ सेन्टरमा पहिलो सन्तान जन्माउने आमालाई ५ हजार दिने

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १४:४२

दार्चुला ।  ब्याँस गाउँपालिकाले वर्थिङ सेन्टरमा पहिलो सन्तान जन्माउने आमालाई ५ हजार रुपैया दिने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ धौलाकोटमा रहेको स्वास्थ्य चौकी वर्थिङ सेन्टर उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दिलीप सिह बुढाथोकीले पहिलो बच्चा स्वरुप ५ हजार रुपैया पुरस्कार दिने घोषणा गरेका छन् ।

बर्थिङ सेन्टरमा प्रसुती गराई सम्भावित खतराबाट जोगिन महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको व्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिँह बुढाथोकीले बताए । व्यास गाउँपालिकाको १० लाखमा गत वर्ष निर्माण सम्पन्न भएको वर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमका विच अध्यक्ष बुढाथोकीले रिवन काटेर उद्घाटन गरेको वडा सचिव पर्‍याग दत्त बडूले जानकारी दिए ।

भवनको उद्घाटन गरिए संगै सेवा समेत संचालनमा आएको छ । पहिलो दिनमै दुई तीन जना गर्भवती आमाहरुले बच्चाको अवस्था बारे जानकारी लिएका छन् । वर्थिङ सेन्टरमा आएर पहिलो बच्चा जन्माउने आमालाई गाउँपालिकाको तर्फबाट रु पाँच हजार पुरुस्कार दिने अध्यक्ष दिलिप सिह बुढाथोकीले घोषणा गरेका छन् । यस्तै दोस्रो बच्चा जन्माउने आमालाई रु ३ हजार र तेस्रो बच्चा जन्माउने आमालाई रु २ हजार पुरुस्कार दिने घोषणा गरेको सविच बडूले जानकारी दिए ।

यस्तै अध्यक्ष बुढाथोकीले वर्थिङ सेन्टरमा कार्यरत अनमी तथा नर्सहरुलाई समेत पुरुस्कार दिने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१