उदयपुर । उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्।
बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङ सदरमुकाम दिक्तेल यातायातको सोझो सम्पर्कमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटले जनाएको छ। सडक विभागको ८१ लाख लागतमा सगरमाथा कन्स्ट्रक्सन गाईघाटले बेलिब्रिज पुनर्जडान कार्य सम्पन्न गरेको सडक योजना कार्यालयका इन्जिनियर निज्जल श्रेष्ठले बताएका छन्। श्रेष्ठले बुधवार आयोजित एक कार्यक्रमबीच बेलिब्रिजको उद्घाटन गरे।
हरेक वर्षायाममा कोसीमा आउने बाढीबाट बचाउन वैशाख–जेठमा बेलिब्रिज खोेल्ने गरिएको छ भने हिउँद लागेपछि कात्तिक÷मंसिरमा पुनर्जडान गरेर यातायात सञ्चालन गर्ने गरिएको श्रेष्ठले बताए। विगत वर्षको तुलनामा केही ढिला बेलिब्रिज सञ्चालनमा आएको हो।
प्रतिक्रिया