मजदुरहरुले पारिश्रमिक विवरणसहित मेलम्चीस्थित साइट कार्यालय घेराउ

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १४:२७

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई दुई महिनादेखिको पारिश्रमिक नदिएको खुलेको छ।  

 तीन दिनदेखि काम गर्न नपाएका सुरुङ निर्माण सम्वद्ध २ सय मजदुरहरुले आफूहरुले पाउनुपर्ने पारिश्रमिक विवरणसहित बुधबार आयोजनाको मेलम्चीस्थित साइट कार्यालय घेराउसमेत गरेका छन्। सीएमसीका प्रोजेक्ट म्यानेजरसहितको टोली गत आइतबारदेखि साईट छाडेर हिडेपछि उनीहरु काम र तलबको तनाबमा परेका हुन्।  ‘ठेकेदार भाग्न खोजेको चर्चापछि मजदुर अन्योलमा परेका छन्,’ साइट कार्यालय हेर्ने आयोजनाका उपकार्यकारी निर्देशक भोजबिक्रम थापाले नागरिकसँग भने, ‘आफूहरुले पाउनुपर्ने पारिश्रमिक अब के हुने भन्ने चिन्ता उनीहरुमा छ।’

उनका अनुसार मजदुरहरुले नोभेम्बर र डिसेम्बरकोे तलब पाएका छैन । ठेकेदार कम्पनीले काम नगर्ने अवस्था आएमा आफूहरुले पाउनुपर्ने तलव, भत्ताको सुनिश्चिता उनीहरुले उपकार्यकारी निर्देशक थापासँग खोजेका थिए । सुरुङमार्ग निर्माणमा नौ सयदेखि हजार कामदार संलग्न छन् । उनीहरु मुहानस्थल अम्बाथानदेखि सुन्दरीजलसम्मका क्याम्पमा बाँडिएर निर्माणमा संलग्न थिए। 

मजदुरहरुले पेश गरेको प्रारम्भिक विवरणअनुसार उनीहरुले तलव, भत्तामा मात्रै एक करोड रुपैयाँभन्दा बढी पाउनुपर्ने देखिएको उपकार्यकारी निर्देशक थापाले जानकारी दिए। उनीहरुले पारिश्रमिक पाउन बाँकी रहेको जानकारी आयोजना र खानेपानी मन्त्रालयलाई दिइसकेको उनले बताए। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१