धितोपत्र बोर्डले पुँजी बजारमा देखिएका अवाञ्छित गतिविधिप्रति ध्यानाकर्षण

ssapana44@gmail.com' jamuna aryal
४ पुष २०७५, बुधबार १७:११

पुस ४, नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएका अवाञ्छित गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सेयर बजारमा लगानी गरिरहेका एक समूहले कारोबार बन्द गराउने मागसहित आन्दोलनको नाममा भौतिक आक्रमणमै उत्रिएपछि बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो बजार कारोबार रोक्नेसम्बन्धी भएका अवाञ्छितस्थिति सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो । मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या पहिचान एवं सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले संयमित हुन आग्रह गरेको हो ।


समितिले विभिन्न सरोकारवालासँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुने पनि बोर्डले जनाएको छ । यता, पुँजीबजार सुधारको माग राख्दै लगानीकर्ता दबाब समूहले सुरु गरेको आमरण अनशन दोस्रो दिन पनि निरन्तरता दिएका छन् । बोर्डले ध्यानाकर्षण गराएपछि समूहले कारोबार बन्द गराउने निर्णयबाट भने पछि हट्दै छन् । तर, आफूहरुले राखेको माग सम्बोधन नभएसम्म अनशन जारी रहने उनीहरुले बताएका छन् । समूहले गत आइतबारदेखि १४ बुँदे माग राख्दै रिले सरकारले पुँजी बजारको विकास र विस्तारका लागि अध्ययन गर्न समिति गठन गरेपछि सुधार देखिएको बजारमा ब्रेक लागेको छ ।


सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा मंगलबार १४ दशमलव छ एक अंकले घटेर ११ सय ६८ दशमलव एक सात अंकमा झरेको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१