‘मिस युनिभर्स २०१८’ को उपाधि क्याटिओना ग्रेले

ssapana44@gmail.com' jamuna aryal
४ पुष २०७५, बुधबार १३:५१

पुस ४, थाइल्याण्डको बैंककमा भएको ‘मिस युनिभर्स २०१८’ को उपाधि फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितेकी छन्। प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा भेनेजुएला ‘सेकेन्ड रनरअप’ बन्यो। 

प्रतियोगितामा नेपाली प्रतियोगी मनिता देवकोटा ‘उत्कृष्ट १०’ मा पुगेर बाहिरिइन्। एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा परे पनि उनी उत्कृष्ट १० बाट बाहिरिएकी हुन्।

प्रतियोगितामा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ सुन्दरी छनौंट गरी १५ जना र ५ जना ‘वाइल्ड कार्ड’मार्फत् गरी उत्कृष्ट २० छानिएका थिए। मनिता एसिया प्यासिफिक तथा अफ्रिकाबाट तेस्रो नम्बरमा थिइन्।

प्रतिक्रिया