पुस ४, सामान्य रुपमा तीस वर्ष कटेपछि मानिसको पिठ्यु र कम्मरको आसपासमा बोसो जम्न थाल्छ । बोसो अर्थात फ्याट शरीरको जुनसुकै भागमा जमे पनि त्यसले हानी गर्छ ।
आउनुहा केही यस्ता तरिका जानीराखौं जसलाई अपनाएर तपाईं यस खालको बोसोलाई घरमै सजिलैसँग घटाउन सक्नुहुन्छ ।
पुलअप गर्नुहोस्
यो आँफैमा एक सम्पूर्ण एक्सरसाइज हो किनभने यसले पुरै शरीरलाई फाइदा पुग्छ । पुल अप्स गर्दा शरीरको हरेक हिस्सामा दबाब पर्छ र सबै मांसपेसीहरु तन्किन्छन् यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ ।
पुल अप्स गर्नको लागि पुलअप गर्न बनाइएको रडमा समातेर झुण्डिनुहोस् । हत्केला अगाडि बनाउनुहोस् र हत्केलामा काँध र पाखुराको बल लगाएर पुरै शरीरलाई माथितिर खिच्नुहोस् । २ सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउनुहोस् र फेरि माथि खिच्नुहोस् । सुरुवातमा तपाईं जति पटक गर्न सक्नुहुन्छ त्यतिपटक यो एक्सरसाइज गर्नुहोस् ।
पुसअप गर्नुहोस्
पुस अपको खास कुरा के छ भने यसको लागि कुनै मेसिनको आवश्यकता पर्दैन । तपाईं जहिले पनि र जहाँ पनि पुसअप गर्न सक्नुहुन्छ । यदि सुरुवाताम समस्या हुन्छ भने जबरजस्ती नगर्नुहोस् । बरु सुरुमा जम्मा ४/५ पुसअप मात्रै गर्नुहोस् । बिस्तारै तपाईं यसलाई बढाएर ३० देखि ५० पटक सम्म गर्न सक्नुहुन्छ
ध्यान राख्नुहोस् यो स्थितीमा तपाईंको शरीर एकदम सिधा हुनुपर्छ । आफ्नो हातलाई पनि समानान्तर राख्नुहोस् । तल आँउदा सास भित्र खिच्नुहोस् गर्धन हल्का माथि राख्नुहोस् र पुरै ध्यान छातीमा लगाउनुहोस् ।
उठबस गर्नुहोस्
कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने शानदार तरिका हो उठबस अर्थात स्क्वाट । यसको लागि दुवै हात अगाडि तर्फ राख्नुहोस् । सीधा उभिनुहोस् र छाती थोरै बाहिर निकाल्नुहोस् ।
प्लेक एक्सरसाइज गर्नुहोस्
प्लेक पनि कैयौं किसिमका हुन्छन् यसलाई पनि सजिलै गर्न सकिन्छ र जहाँ पनि गर्न सकिन्छ ।
एक्सरसाइजसँगै खानपानमा ध्यान दिनुहोस्
माथि उल्लेखित एक्सरसाइजहरुबाट छिटोभन्दा छिटो लाभ पाउनको लागि ३० देखि ४० मिनेट सम्म अन्य काम पनि गर्नुहोस् । केही अन्य कार्डियोभास्कुलर वर्कआउटबाट तिव्र रुपमा हिँड्ने, जगिङ, स्विमिङ साइक्लिङ गर्नुहोस् । यस क्रममा धेरै मेहनत गर्ने कोसिस गर्नुहोस् ।
प्रतिक्रिया