१० लाख विदेशी पर्यटक भत्र्याउने सरकारी सपना पूरा

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार १६:४३

पुस ३, १० लाख विदेशी पर्यटक भत्र्याउने सरकारी सपना पूरा भएको छ।

‍सन् २०१८ को ११ महिनामै १० लाख बढी विदेशीले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार चालू जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९३० जना विदेशीले नेपाल यात्रा गरेका छन्।

यो हवाई जहाजबाट आएकाहरूको संख्या हो। यो वर्ष १२ लाख पर्यटक ल्याउने लक्ष्य लिएको सरकारका लागि लक्ष्य पूरा हुने सम्भावना भने न्यून रहेको छ।

अघिल्लो वर्षको ११ महिनाको तुलनामा यो संख्या १७ प्रतिशतले बढी हो।

नेपालमा सबैभन्दा बढी भारतीयहरु अएका छन्। भारतबाट यो बीचमा २ लाख ६० हजार १२४ जनाले हवाइ यात्राबाट नेपाल आएका छन्।

त्यस्तै दोस्रोमा चिनियाँहरू रहेका छन्। ११ महिनामा १ लाख ३४ हजार ३६२ जना चिनियाँले नेपाल भ्रमण गरेका छन्।

नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशहरुमा अमेरिका तेस्रो रहेको छ। जहाँबाट यो ११ महिनामा ८२ हजार ५५५ अएका छन् भने संयुक्त अधिराज्यबाट ५७ हजार अएका छन् भने जर्मनीबाट ३४ हजारले नेपाल भ्रमण गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१