पुस ३, एमाले र माओवादी एकताकै पृष्ठभूमिमा तेस्रो जनआन्दोलनको विजारोपण भएको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर मोर्चाका अध्यक्ष सीपी गजुरेलले तेस्रो र ऐतिहासिक जनआन्दोलन सुरु भएको घोषणा गरेका हुन् । उनले भने, ‘वर्तमा सरकार र कथित कम्युनिष्ट एकताकै पृष्ठभूमिमा जनआन्दोलन विजारोपण भएको छ ।’
सत्ताधारी नेकपाको स्थायी कमिटी बैठक र कांग्रेस महासमिति बैठकमा उठेका कुरा कोट्याउँदै उनले भने, ‘केपी ओली र प्रचण्डको धुमबाराहीमा भण्डाफोर भइरहेको छ । यस्तै, शेरबहादुरको सिंहदरबार अगाडिको पार्टी प्यालेसमा भण्डाफोर भइरहेको छ ।
पटक–पटक भएका आन्दोलनको उपलब्धी खेरगइरहदा फेरि आन्दोलनले सम्वृद्धि ल्याउँछ भन्ने के ग्यारेन्टी भन्ने संचारकर्मीको प्रश्नमा नेता गजुरेलले, ‘हिजो एमाले नेतृत्वको सरकार हुँदा हामीले जनयुद्ध छेडेको हो । जंगल पसेको हो ।
प्रतिक्रिया