कहिले डेब्यू गर्दैछन् शाहरुखका छोरा छोरीले बलिउडमा

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार १५:४९

पुस ३,  बलिउडमा करिब २५ वर्ष बिताएका शाहरुख खानले एक अन्तरवार्तामा उनका छोराछोरी सुहाना र आर्यनले बलिउडमा डेब्यू गर्ने बताए । एक प्रश्नको जवाफमा शाहरुखले भने ‘सुहाना आफ्नो करिअरलाई लिएर प्रस्ट छिन् । उनी अभिनेत्री बन्न चाहन्छिन् । अहिले उनी पढ्दैछिन् । त्यसपछि उनले अभिनय कोर्स गर्नेछिन् यसमा २ देखि ३ वर्ष लाग्नेछ ।’

छोरा आर्यनका विषयमा शाहरुखले भने ‘निर्देशनको क्षेत्रमा उनको रुची छ । उनले पनि ५ देखि ६ वर्षमा पढाइ पूरा गर्नु छ । मलाई लाग्छ कि फिल्ममेकर बन्नुभन्दा पहिले उनले बलिउडका शानदार निर्देशकहरुसँग असिस्टेन्टको रुपमा काम गर्नुपर्छ । यसको लागि करण जौहर सबैभन्दा ठिक छन् । त्यसो त बलिउडमा कैयौं राम्रो निर्देशक अहिले उपलब्ध छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१