चीनको आर्थिक विकासमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न सक्दैन् : सी जिनपिङ

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार १५:३९

पुस ३,  चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन्। चिनीयाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए।

चिनीयाँ ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौं र अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम गर्दैनौं भने।

“समाजवादको झण्डा चिनीयाँ भूमिमा अझै उचाईका साथ सदैब फर्फराइरहनेछ,” राष्ट्रपति सीले भने। “चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनीयाँ विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनीया विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो।”

चिनीयाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो। तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनीया अर्थतन्त्रले अनेक सङ्कटको सामना गर्नु परिरहेको छ। दुबै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१