भाजपाविरुद्ध १२ दलले मोर्चाबन्दी

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार १२:०९

पुस ३, भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाविरुद्ध १२ दलले मोर्चाबन्दी गरेका छन् । एकता देखाउन प्रमुख प्रतिपक्षी दल काँंग्रेस आईसहित १२ दलका नेताहरु एउटै बसमा सवार भई एकताको सन्देश दिएका हुन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सोमबार राजस्थानका २२ औं मुख्यमन्त्रीका रुपमा सपथ कार्यक्रममा त्यो ऐक्यवद्धता देखिएको हो ।

सपथ ग्रहणमा १२ अन्य दलका नेता थिए । उनीहरुमा राकांपाका शरद पवार र प्रफुल्ल पटेल थिए । त्यस्तै तेदेपाका चंद्रबाबु नायडू, जेडीएसका पूर्व प्रधानमंत्री एचडी देवेगौड़ा, कर्नाटकका मुख्यमंत्री एचडी कुमार स्वामी, हिंदुस्तानी अवाम मोर्चाका जीतनराम मांझी, नेशनल कॉन्फ्रेंसका फारुक अब्दुल्ला रहेका थिए ।

त्यस्तै झारखंड मुक्ति मोर्चाका हेमंत सोरेन, झारखंड विकास मोर्चाका बाबूलाल मरांडी, राजदका तेजस्वी यादव, लोजदका शरद यादव, द्रमुकका स्टालिन, कनिमोझी र टीआर बालू रहेका थिए । त्यस्तै सपाका राजेश कुमार र असम यूनाइटेड डेमोक्रेटिक फ्रंटका बदरुद्दीन अजमल रहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१