एसिया प्यासिफिक सम्मेलनका लागि सरकारले राज्यको १३ करोड रुपैयाँ खर्च

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार ११:१७

पुस ३, पछिल्लो समय चर्चामा रहेको  विवादास्पद एसिया प्यासिफिक सम्मेलनका लागि सरकारले राज्यको झण्डै १३ करोड रुपैयाँ खर्च गरेको छ । गएको मंसिर दोस्रो साता दक्षिण कोरियाको धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसन युपीएफले आयोजना गरेको सम्मेलनमा सरकारले १२ करोड ८५ लाख रुपैयाँ खर्च गरेको हो । 

सरकारले सडक टाल्न मात्रै १० करोड खर्चियो । सुरक्षा व्यवस्थामा २ करोड ३० लाख सक्यो । सरकारका तर्फबाट भएको दुई पक्षीय वार्ता तथा उच्चस्तरीय पाहुनाको स्वागतमा ५५ लाख खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । तर,  प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म सोल्टी होटलमा बस्दाको रकम कसले तिर्यो भन्ने खुलाइएको छैन । 

स्रोतका अनुसार प्रधानमन्त्री ओली सोल्टीमा बस्दाको खर्च युपीएफले व्यहोरेको हो । युपीएफको योजना अनुसार तीन दिन बाहिरै बसेर काम गरेका कारण ओलीले सुशासनको तक्मा र एक लाख अमेरिकी डलर ‘बक्सीस’ पाएको भनी पूर्व मुख्य सचिव विमल कोइरालाले आलेख नै लेखिसकेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१