राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको लागि १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७५, मंगलवार ०५:५९

काठमाडौँ । सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री)  का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।

उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई)  राखिनेछ ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ । खरिद सम्झौताअनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरसँगै राख्नेछ ।

सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१