ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १६:१८

पुस २, स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । उपभोक्ताका दैनिकअवश्यकताको पूर्ति गर्ने सोचका साथआर १७ प्रो नयाँआकर्षक ग्राडियण्ट डिजाइन  सार्वजनिक गरिएको हो ।
 
स्क्रिनको ९१.५% ओगट्ने १९.५९ एफएचडी+ ६.४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्यभागमा समायोजित गरेको छ । फोनको गति र कार्य क्षमतामा तिब्रताका लागि ८ जीबी र्‍याम + १२८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो । कलरओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न्यापड्र्यागन ७१० प्रोसेसरले शक्तिप्रदान गर्छ ।

मूल्य  ८९ हजार ९ सय ९० निर्धारण गरिएको ओपो आर १७ प्रो सोमबारबाट देशभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको छ । आर १७ प्रोमा कम्पनीले प्रकाशलाई उपकरणको माथिल्लो तहमा बहन सघाउने लाईट कन्डेन्सिङ तह सहित नयाँ अवधारणामा आधारित ‘थ्रीकलर र बाई-क्वाड डिरेक्सन’ ग्राडियण्ट डिजाइनको प्रयोग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१